बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरामा शिरसुबाको प्रदर्सनी हुने

पोखरामा शिरसुबाको प्रदर्सनी हुने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०७७, मंगलबार

पोखरा, १८ फागुन– गुरुङ भाषामा आधारीत चलचित्र शिरसुबाको पोखरामा प्रदर्सन हुने भएको छ ।  ब्रेज मेश्रो प्रोडक्सन घान्द्रुकको ब्यानरमा निर्मित चलचित्रले विशेष च्यारीटि शो गर्ने भएको हो ।
चलचित्रमा मुख्य नायकको रुपमा विश्वास गुरुङ रहेका छन भने मुख्य नायिकाको रुपमा सुमन गुरुङ र प्रिती गुरुङ रहेकी छन् । करिब ३५ लाखको लगानीमा चलचित्र निमार्ण गरिएको छ । गुरुङ संस्कृतिमा आधारित चलचित्र बे्रज मेश्रो प्रोडक्सनको दोस्रो चलचित्र हो ।
फिल्मको आगामी फागुन २२ गते विशेष शो हुदैँछ । घान्द्रुक गाउँको परिचय तथा गुरुङ युवतीको सुवास (मिजास) को विषयवस्तमा आधारित चलचित्रले पर्यटन प्रबर्दनमा समेत महत्वपुर्ण भुमिका खेल्ने छ । यस्तै गुरुङ चलचित्रमा नायिकाको रुपमा रहेकी प्रिती गुरुङले फिल्म निकै आकर्षक रहेको बताइन । दोस्रो फिल्मको रुपमा रहेको शिरसुवामा निकै मिहेनत गरेको बताउँदै उनले गाउँ तथा गुरुङ परिवेशलाई विशेष तरिकाले प्रस्तुत गरिएको बताइन् । चलचित्रको टिकट करिब ८ सय बिक्री भइसकेको छ । चलचित्र शिरसुवाको घान्द्रुकमा प्रदर्सन भइसकेको छ । लगत्तै काठमाण्डौँमा समेत प्रदर्सन भएको थियो । ८० प्रतिशत गुरुङ भाषाको प्रयोग भएको चलचित्रको निर्माता तथा कथा विमल गुरुङले लेखेका हुन् । चलचित्रको निर्देशन माओत्से गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->