बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पश्चिमाञ्चलका विद्यार्थीले सिकाए कानुन

पश्चिमाञ्चलका विद्यार्थीले सिकाए कानुन


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन २४ २०७७, सोमबार

तनहुँ, २४ फागुन– पोखरास्थित पश्चिमाञ्चल माध्यमिक विद्यालयका विद्यार्थीले बालबालिका सम्बन्धी नेपालको वर्तमान कानुनी व्यवस्थाबारे शुक्लागण्डकीका विद्यार्थीलाई सिकाएका छन् । कानुन संकायमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले शुक्लागण्डकीका ३ विद्यालयका विद्यार्थीलाई जुटाएर कानुनी प्रशिक्षण दिएका हुन् ।
गाउँफर्कोदय मावि ढोरफिर्दी, पञ्चमुनिदेव मावि दुलेगौँडा, खैरेनी मावि खैरेनीटारका विद्यार्थीसँगै शिक्षक र जनप्रतिनिधि पनि सहभागी थिए । ढोरफिर्दीमा भएको कार्यक्रममा बाल अधिकार, बाल न्याय सम्बन्धी समस्या, मुलुकी देवानी संहिता २०७४ अन्तर्गत बालबालिका सम्बन्धी व्यवस्था, अंशबण्डा सम्बन्धी व्यवस्था, धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी व्यवस्था, न्यायिक समितिका क्षेत्रधिकारलगायत विषयमा प्रष्ट्याइएको थियो ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाकी उमप्रमुख एवम न्यायिक समिति संयोजक सविता रसाइलीले विद्यालयमै शिक्षकबाट बालबालिका शोषित हुने भएकाले कानुनबारे जानकार हुनुपर्नेमा जोड दिइन् । ‘संघीयता आएपछि स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन भएको छ । तर, कानुनबारे विज्ञ नहुदाँ कार्य सम्पादनमा अफ्ठेरो परेको छ,’ उनले भनिन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->