बेनी, १० चैत – महिलालाई आत्मनिर्भर बनाउन बेनी नगरपालिकाले ३ महिने सिलाइ–कटाइ तालिम सुरु गरेको छ । तालिममा १५ जना महिलाहरु सहभागी छन् ।
नगरपालिकाको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमको आयोजनामा सोमबारदेखि सुरु भएको तालिमको ं नगरप्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गरे । मेयर श्रेष्ठले घरायसी काममा मात्रै सीमित हुने महिलाहरु आयमुलक क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए ।
नगरप्रमुख श्रेष्ठको अध्यक्षता, उपप्रमुख सन्जु बरुवालको स्वागत र शाखा अधिकृत युवराज थापाको संचालन रहेको तालिममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले शुभकामना दिए ।





