शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बेस क्याम्पमा ‘नवधनाढ्य, सम्भ्रान्तवादी व्यवसायी’ ले पर्यटकलाई घुमाउन होइन, पिसाब फेराउन लैजान्छन् !’

बेस क्याम्पमा ‘नवधनाढ्य, सम्भ्रान्तवादी व्यवसायी’ ले पर्यटकलाई घुमाउन होइन, पिसाब फेराउन लैजान्छन् !’

एक्यापले ३० वर्षमा गर्ने काम स्थानीय तहले ५ वर्षमा गर्न सक्छ ।


  • विकास रोकामगर
  • चैत्र १० २०७७, मंगलबार

पोखरा, १० चैत – पोखरादेखि नजिकै देखिन्छ – माछापुच्छ«े, मर्दीलगायत अन्नपूर्ण हिमशृंखला । तर, पदमार्ग पछ्याउँदै ‘टे«किङ’मा हिँडे हप्ता दिनमामात्रै ती हिमालका बेसक्याम्पसम्म पुग्न सकिन्छ । यद्यपि पछिल्लो समय मोटरबाटो पुगेकाले दिन छोटिएर मुस्किलले ३ दिनमै ती पदयात्रा सकिन्छन् ।
विश्वचर्चित ‘अन्नपूर्ण फेरो’ पदयात्रामा पदयात्रीको बसाइँ छोटिनुमा बाटोमात्रै दोषी छैन । पोखरादेखि करिब ११ मिनेटमा हेली चढेर पनि त्यहाँ पुगिन्छन् । हिमाल देखाएर पोखराको लेकसाइड लगायतका व्यापारीले व्यापार गर्ने तर, स्थानीयहरु आफूहरु सधैं हेपिएको बताउँदै आएका छन् ।
हिमाल हेर्न पोखरादेखि पर्यटक हेली चढेर जाँदा स्थानीयलाई फाइदाभन्दा बेफाइदा पुगेको बताउँछन्, अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवर । उनी सुरुदेखि नै अन्नपूर्ण क्षेत्रमा विभिन्न बहाना हवाइ उडान बन्द गर्नुपर्ने बताउँदै आएका छन् ।
‘नव धनाड्य र नव सभ्रान्तहरुले लेकसाइडमा बसेर ७ मिनेटमा एयरपोर्ट पुग्छन् । पुगेर अनि ११ मिनेटमा हेलिकोप्टरबाट बेसक्याम्पमा पुगेर खर्च गर्दैनन्,’ सोमबार अन्नपूर्ण एफएमले पर्यटन विकासमा स्थानीय तहको भूमिकाबारे गरेको राउन्ड टेबलमा प्रश्न गरे, ‘पोखराको लेकसाइडमा खाको ब्रेकफास्टले त्यहाँ उनीहरु पिसाब फेर्छन् । त्यसले देउरालीबासी, घान्द्रुकबासी, बेसक्याम्पबासी फाइदा के भो ?’
अध्यक्ष कुँवरले बेसक्याम्प क्षेत्रमा हेली उडानले गर्दा वन्यजन्तुलाई पनि नराम्रो असर पु¥याइरहेको बताए । पैसाकै लोभले मात्रै पर्यापर्यटनमै खलल पुग्ने गरी बेस क्याम्प क्षेत्रमा हुने हेली उडान रोक्न उनले सरोकारवाला निकायलाई आग्रह गरे ।
‘बेसक्याम्प पुग्न बीचमा २ वटा अग्ला डाँगा काट्नुर्पछ । त्यो २ वटा डाँडाको बीचमा रहेका वन्यजन्तुहरुको के हुन्छ ?’ अध्यक्ष कुँवरले भने, ‘नाहुर लगायतका वन्यजन्तु अहिले हेलिकप्टरको चर्को आवाजले हराइसके ।’ उनले अपांग, बढी वचन भएर हिँड्न नसक्ने पर्यटकका लागि भने उडान सधैं खुला गर्न सकिने र त्यसमा मौलिक अधिकार हनन गर्न नसकिने बताए ।
बाटो विकासको पूर्वाधारको विनास ल्याएको छैन: वेदबहादुर गुरुङ श्याम, मादी गाउँपालिका
हरिया पहाड कोतरेर बनाइएका ‘डोजरे बाटो’ले मात्रै प्राकृतिक दुर्घटनामात्रै निम्त्याएका छैनन, जलविद्युतको नाममा हिमाली क्षेत्रमा जलविद्युत आयोजना लैजाने, पर्यटकीय पदमार्गहरु विनास गर्नाले पर्यटकीय क्षेत्रमा पनि ठूलो असर पु¥याइरहेको छ ।
‘डोजरे बाटोको विकास’बाट कास्कीको मादी गाउँपालिका पनि अछुतो रहन छैन । गाउँपालिकामा पर्ने चर्चित सिक्लेस, ताङतिङ, गुरुङहरुको आदिम भूमि क्होंलासोंथर लगायत ठाउँमा पहाड चिथोर्दै बाटो पु¥याउँदा बाटो त पुग्यो । तर, त्यसले पर्यावरणीय पर्यटनमा नराम्रो असर पुगिरहेको सरोकारवालाको चिन्ता छ ।
तर, मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’ गाउँमा बाटो पु¥याएर विनास निम्त्याएको स्वीकार्न तयार छैनन् । कार्यक्रममा उनले गाउँपालिकाले विकासको पहिलो पूर्वाधार बाटो नै भए पनि पर्यटनलाई महत्व दिएर विकासका योजनाहरु अघि बढाइरहेको दाबी गरे ।
‘विकासको पूर्वाधार पहिलो बाटो नै हो । हाम्रोमा बाटो नै छैन । बाटो नभई विकास हुन्छ भन्ने पनि हुँदैन । बाटोले नै सबै विनास निम्त्याएको हो भन्ने सतही ढंगले विश्लेषण गर्नु न्यायसंगत हुँदैन,’ गुरुङले भने, ‘पर्यटन क्षेत्रलाई ध्वस्त गरेर त हामी पनि बाटो लैजादैनौं । पर्यटन क्षेत्रमा संवेदनशील छौं । पर्यटन विकास गर्नुपर्छ भन्ने सकारात्मक सोचका लागि हामी गम्भीर छौं ।’
गुरुङले आफ्नो कार्यकालमा पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेकैले पर्यटनप्रति अरुचि भएका गाउँबासीलाई पनि सकारात्मक बनाउन सकेको दाबी गरे । ‘हिजो पर्यटनप्रति मान्छेको रुचि नै थिएन । तर, हाम्रो कार्यकालमा भएका कामले उनीहरुमा पर्यटनप्रति उत्साह जगाउन सफल भएका छौं,’ उनले भने ।
गुरुङहरुको आदि तथा पूज्य भूमि क्होंलासोथरमा किन बाटो आवश्यक ? प्रश्नमा गाउँपालिका अध्यक्ष गुरुङले क्होंलासोथरको इतिहास चिनाउन पनि त्यहाँसम्म बाटो लैजान आवश्यक रहेको जवाफ दिए । ‘त्यो सम्पदा मार्ग नै हो । तर, त्यहाँसम्म पुग्ने बाटो निकास हो,’ उनले भने, ‘बाटो भए २० करोड रुपैयाँमा हुने काम १ करोड रुपैयाँमै हुन्छ । त्यसका लागि पनि बाटोको पूर्वाधार अनिवार्य छ ।’
अध्यक्ष गुरुङले मादी गाउँपालिकालाई मनाङसम्म जोड्न पैदल मार्ग निर्र्माण पनि गरिरहेको जानकारी दिए । ‘टोनी हेगन पदमार्ग’ नामक उक्त पदमार्ग १ करोड रुपैयाँ बनिरहेको र त्यसले मादीको पर्यटनलाई अझ उचाइमा पु¥याउने उनको विश्वास छ ।
‘हाम्रो गाउँपालिकास्तरबाट थोरै लगानी बाटो मर्मत, गोरेटो मर्मतमा गरिरहेका छौं । यसमा स्थानीयलाई नै काम दिनेछौं । पदमार्गमा ड्राई मौसममा एकदमै पानीको समस्या हुन्छ,’ अध्यक्ष गुरुङले भने, ‘ती क्षेत्रको पूर्वाधार गर्दैगर्दा सबै व्यवस्था हुन्छ । यसमा स्थानीयलाई नै जिम्मेवारी दिएर काम अघि बढाइरहेका छौं ।’
मादीको धेरै भाग अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अधीनमा छ । तर, अध्यक्ष गुरुङ एक्यापसँग सन्तुष्ट छैनन् । एक्याप नै गाउँको विकासको बाधकका रुपमा उभिएको उनको आरोप छ ।
‘एक्यापको नारा ठीक छ । तर, व्यवस्थापकीय पक्षमा चुक्यो । अहिलेसम्म कहाँ चुक्यो आत्मसमीक्षा गर्नुपर्छ कि पर्दैन ?’ भन्छन्, ‘अहिले पनि ९० प्रतिशत स्थानीय एक्यापको विरुद्धमा छन् । गाउँपालिकालाई नै जिम्मा आए उनीहरुले ३० वर्षमा गर्न नसकेको काम ५ वर्षमै गर्न सक्छौं ।’
अध्यक्ष गुरुङले ऊर्जाको नाममा गाउँगाउँका नदीनालामा पस्ने हाइड्रो योजनाले पनि प्राकृतिक सुन्दरतालाई बाधा पु¥याएको धारणा राखे । हाइड्रो योजना आउँदा स्थानीय तहसँग सम्झौता नगरेर सींधै केन्द्र सरकारबाट पारित भएर आउँदा स्थानीय तहको अधिकारसमेत खोसिएको उनको जिकीर छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->