शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मिडिया कप फुटसल असोजमा

मिडिया कप फुटसल असोजमा


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०८३, शनिबार

पोखरा/नयाँलिपि न्युज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसल प्रतियोगिता २०८३ हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पाेज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता हुने मिडियाका अध्यक्ष सुरज श्रेष्ठले बताए ।

सहभागी हुन चाहने टोलीले भदौ २० गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने छ । प्रतियोगिताका विजेताले ५० हजार, दोस्रो हुने टोलीले नगद ३० हजारका साथमा सिल्ड, प्रमाणपत्र र मेडल पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट गोलकिपरलाई जनही ५ हजार प्रदान गरिनेछ ।

प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले १ हजार ५ सय पाउनेछन् । खेलाडीले एक प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल पत्रकार महासंघ वा सूचना विभागको कार्डको प्रतिलिपि र सम्बन्धित जिल्लाको महासंघबाट सहभागी हुन लेखिएको पत्रसमेत उपलब्ध गराउनुपर्ने छ ।

एउटा टिममा ८ खेलाडी र २ अफिसियल गरी १० जना हुनुपर्ने नियम छ । प्रदेशको जुनसुकै जिल्लामा कार्यरत पत्रकारले प्रतियोगितामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->