बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विद्यार्थीलाई पोशाक सहयोग

विद्यार्थीलाई पोशाक सहयोग


  • ढोरपाटन संवाददाता
  • चैत्र १० २०७७, मंगलबार

पोखरा, १० चैत –पोखरा महानगरपालिका वडा नं १८ सराङ्कोट निवासी गोविन्द गौतमले पोखरा–५ मालेपाटनस्थित बाराही माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेका छन् ।
विद्यालयबाट २०५० सालको एसएलसी परीक्षा उत्तिर्ण पूर्व विद्यार्थी समेत रहेका गौतमले विद्यालयका ७६ जना विद्यार्थीलाई पोशाक उपलब्ध गराएका हुन ।
पोशाक हस्तान्तरण कार्यक्रममा पोखरा–५ का वडा अध्यक्ष धनबहादुर नेपाली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बराल, प्रधानाध्यापक शिवप्रसाद भण्डारी, पूर्व विद्यार्थी सुनिल उलक, सुशिला केसी लगायतको उपस्थिति थियो ।
कार्यक्रममा सहयोगदाता गोविन्द गौतमले आगामी दिनमा पनि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवप्रसाद भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बराल लगायतले विद्यार्थीका लागि पोशाक उपलब्ध गराउनु प्रशंसनीय कार्य भएको बताए । विद्यालयका शिक्षक टंक सुवेदीले विद्यार्थीलाई पोशाक उपलध गराउनका लागि सहयोग दाता एवम् विद्यालय परिवारबीच समन्वयात्मक भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->