बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीमा क्षयरोगका बिरामी घटे

म्याग्दीमा क्षयरोगका बिरामी घटे


  • ढोरपाटन सम्वाददाता
  • चैत्र १२ २०७७, बिहिबार

बेनी, १२ चैत– म्याग्दीमा यसवर्ष २१ जना क्षयरोगका बिरामी घटेका छन् । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत पहिलो सातासम्म सात २१ जनाको पहिचान भएको छ भने ३ जना गतवर्षका रहेका छन् । गत वर्ष ४६ जना बिरामी फेला परेका थिए । गतवर्षकोे तुलनामा यस वर्ष क्षयरोगीको संख्या घटेपनि आगामी चार महिनामा अझै थपिने अनुमान गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए । उनका अनुसार बेनी नगरपालिकामा ११ जना, धौलागिरीमा एक जना, अन्नपूर्णमा २ जना, मंगलामा ४ जना र मालिकामा ४ जना रहेका छन् भने रघुगंगामा बिरामी छैनन् ।
पछिल्लोसमय स्वास्थ्यकर्मीले समाजमा क्षयरोगसम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरेसँगै रोगी पत्ता लाग्ने दर बढ्न थालेको स्वास्थ्य कार्यालयले जनाएको छ । बेनी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर जितेन्द्र कुवँरले समाजमा बहिष्कृत हुने त्रासले अझैपनि खुलेर उपचारका लागि नआउने गरेको बताए । स्वास्थ्य संस्थामा क्षयरोगको औषधि निःशुल्क पाइन्छ । ६ महिनासम्म नियमित रुपमा औषधि सेवन गरेमा रोग निको हुन्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->