पोखरा, १४ चैत– सृजना आवासीय माध्यमिक विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत शुक्रबार विभिन्न क्रियाकलापहरु भएका छन् ।
कार्यक्रम संयोजक विष्णुप्रसाद सुवेदीका अनुसार कक्षा ९–१० कालागि नेपाली कविता वाचन, कक्षा ६–८ का लागि नेपाली निबन्ध लेखन र कक्षा २–५ का लागि नेपाली हस्तलेखन प्रतियोगिता भएको हो । विजेता विद्यार्थीहरुलाई विद्यालयका प्रिन्सिपल डोलराज पाण्डेले प्रमाणपत्रसहित पुरस्कृत गरेका थिए ।





