बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

झापुटारमा सेती नदीमा बन्ने पुलको शिलन्यास

झापुटारमा सेती नदीमा बन्ने पुलको शिलन्यास


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०७७, मंगलबार

तनहुँ, २४ चैत– तनहुँको व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटारलाई जोड्ने गरी सेती नदीमाथी पक्की मोटरेबल पुल निर्माण थालिएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा पुल निर्माण सुरु भएको हो ।

सोमबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पुलको शिलन्यास गरे । उनले बिकास निर्माणमा सबै दल एकजुट हुनुपर्ने बताए । संघियताका कारण घर–घरमा बिकासको लहर आएको उनले दाबी गरे । ‘घर–घरमा खानेपानी र बिजुली पु¥याउन प्रदेश सरकार लागी रहेको छ’, उनले भे । गण्डकी प्रदेश सरकारले चालु बर्षको बजेटमा ७० प्रतिशत बजेट भौतिक पूर्वाधार निर्माणमा विनियोजन मन्त्री गुरुङले जनाए ।

गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङले प्रदेश सरकारले विकास निर्माणमा उल्लेख्य प्रगति गरेको बताए ।

३२ करोड ४० लाख २७ हजार ३ सय ९४ रुपैयाँको लागतमा पुल बन्ने पुर्वाधार बिकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुंगानाले जानकारी दिए । पुल निर्माणका लागि चालु आर्थिक वर्षमा चार करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । निर्माण कम्पनीलाई दुई करोड ८६ लाख रुपैयाँ भुक्तानी दिईसकेको उनले बताए ।
एक सय ५४ मिटर लामो पुलको चौडाई ९.५० मिटर चौडा हुनेछ । पायल फाउण्डेशनमा निर्माण हुने पुल स्टिल ट्रसको हुने जनाईएको छ । बहुबर्षिय योजना अन्तर्गत बन्ने पुलको ठेक्का रसुवा इलाइट जेभी काठमाडौले पाएको छ । २०८० जेठ ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको ढुंगानाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->