पोखरा, २७ चैत – नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको अध्यक्षमा पत्रकार नारायण शर्मा निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मतगणनाअनुसार शर्माले प्रतिद्वन्द्वी दीपेन्द्र श्रेष्ठलाई हराएका हुन् । शर्माले ५ सय ३८ मत ल्याउँदा श्रेष्ठले ४ सय १४ पाएका छन् । शर्मा नेतृत्वको गठबन्धनले प्यानलै विजयी भएको छ ।
समितिको उपाध्यक्षमा दीपक भट्टराई ५सय २२ मत पाएर निर्वाचित भएका छन् । उनका प्रत्यासी इन्द्र प्रसाद पौडेलले ४ सय ८ मत पाए । महिला उपाध्यक्षमा सोनी शर्मा ५ सय ५२ मतसहित विजयी भएकी छिन् । प्रत्यासी शान्ति गुरुङले ३ सय ८४ पाइन् । महासचिवमा गोविन्दप्रसाद सुवेदी ५ सय ७३ मत लिएर विजयी भएका छन् । प्रत्यासी दिल शिरीषले ३ सय ७६ मत पाए । खुला सचिवमा यदुनाथ बन्जारा ५ सय ९२ मत लिएर विजयी भएका छन् । प्रत्यासी प्रकाशचन्द्र भट्टराईले ३ सय ४३ मत पाए । समावेशी सचिवमा सुशीलबाबु श्रेष्ठ ५ सय २४ मत सहित विजयी भए भने प्रत्यासी रुद्र श्रीस मगरले ४ सय १० मत पाए । कोषाध्यक्षमा राजेन्द्र न्यौपानेले ४ सय ५३ मत पाएर विजयी भए भने उनका प्रत्यासी शालिकराम कोइरालाले २ सय ७७ र सागरराज तिमिल्सिनाले २ सय ५ मत पाए ।
त्यस्तै, सात खुला सदस्यमा ताराप्रसाद शर्मा (६०९), परशुराम शर्मा (६०६), आचार्य, प्रकाश डोटेल (६०५) प्रदीप पौडेल (६६७), रमेश बस्ताकोटी (५३२), लोकेन्द्रबहादुर सुनार (५३४) र सुनील पाण्डे (६२६) निर्वाचित भएका छन् ।
महिला सदस्यमा रन्जीता शर्मा (५५५), राधिका शर्मा कँडेल (६१८) र रोशनी गुरुङ(५६९) विजयी भएका छन् । दलित सदस्यमा सानेबहादुर नेपाली (५२०), आदिवासी जनजाति सदस्यमा रामजी राना (५४९) र रुद्रबहादुर थापा (५७०), अल्पसंख्यक सदस्यमा पदम छन्त्याल (५५४)निर्वाचित भएका छन् ।





