बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकीका सचिव श्रेष्ठ र कोषाध्यक्ष न्यौपाने गोरखामा सम्मानित

गण्डकीका सचिव श्रेष्ठ र कोषाध्यक्ष न्यौपाने गोरखामा सम्मानित


  • ढोरपाटन संवाददाता
  • बैशाख १ २०७८, बुधबार

गोरखा, १ बैशाख – नेपाल पत्रकार महासंघ गोरखा शाखाले जिल्लाका दुइ जना पत्रकारलाई एक कार्यक्रम बिच सम्मान गरेको छ ।
शाखाले बुधबार जिल्ला सदरमुकाममा शुभकामना तथा सम्मान कार्यक्रमको आयोजना गरी पत्रकार सुशीलबावु श्रेष्ठ (कैलास) र राजेन्द्र न्यौपानेलाई सम्मान गरेको हो ।
श्रेष्ठ र न्यौपानेले हालै सम्पन्न निर्वाचनमा गण्डकी प्रदेश समितिमा सचिव र कोषाध्यक्ष पद जित्न सफल भएको भन्दै महासंघले दोसल्ला ओडाएर सम्मान गरेको हो । श्रेष्ठ शाखाका पूर्व अध्यक्ष हुन् भने न्यौपाने सदस्य हुन् ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायणप्रसाद शर्मा र विशेष अतिथि जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले दुवैलाई दोसल्ला ओडाएर मायाँको चिनो दिई सम्मान गरेका थिए ।
श्रेष्ठ गोरखा सदरमुकामबाट प्रकाशित हुने गोरखा समाचार दैनिक पत्रिका, गोरखा समाचार डट कमका सञ्चालक हुन भने एभिन्यूज टेलिभिजनका जिल्ला संवाददाता हुन् । त्यस्तै, न्यौपाने ढोरपाटन दैनिकका गोरखा सम्वाददाता, मनास्लु डटकमका सम्पादक र रेडियो मातृभूमीका सञ्चालक हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->