शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जनप्रतिनिधिहरुको साइकल दौडको उपाधि वालिङका मेयरलाई

जनप्रतिनिधिहरुको साइकल दौडको उपाधि वालिङका मेयरलाई

‘राजनीतिक दौडले विकासका एजेन्डा र पदलाई मात्र अघि बढायो तर साइकल दौडले गाउँ चिनाउने अवसर दिएको छ ।’


  • ढोरपाटन संवाददाता
  • बैशाख २ २०७८, बिहिबार

पोखरा, २ बैशाख – हुम्लाको उत्तरी भेगमा पर्ने नाम्खा हिमाल पारीको क्षेत्र हो । कर्णालीको पनि अति विकट अर्थात् हुम्लाको सदरमुकाम सिमीकोटलेसमेत नचिनेको वा कम सुनेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामा राष्ट्रिय मेयर सम्मेलनमा भाग लिन पोखरा आए । उनी पोखराको प्रकृति र पूर्वाधार देखेर अचम्मित परे । कतै बनिसकेको र कहीँ बन्दै गरेको कालोपत्रे सडक देखे । आफ्नो गाउँ चिनाउन हुम्लाबाट पोखरा आएका विष्णु बुधबार साइकल दौडमा सहभागि भए । सधैँ पहिलो हुने उनी दौडमा भने दोस्रो हुन पुगे ।
२०५४ सालमा तत्कालीन गाविस अध्यक्षमा विजयी भएका उनी संघीयता आएपछि गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । राजनीतिक दौडमा उनको यो दोस्रो जित थियो । उनी माओवादी केन्द्रबाट अध्यक्षमा विजेता बनेका हुन । दौडमा दोस्रो बनेका उनले नेपालको हुम्ला जिल्लाको उत्तरी भेगको नाम्खा गाउँपालिकासमेत छ भन्ने प्रचार गरे । गाउँपालिकालाई चिनाउन आएका गाउँपालिका अध्यक्ष लामा भन्छन्,‘हामीलाई मेयर सम्मेलन र साइकल दौडसम्बन्धी पूर्वजानकारी थियो । आफ्नै सदरमुकामले समेत नचिनेको बेला पोखराबाट गाउँ चिनाउन आएका उनले भने, ‘राजनीतिक दौडले विकासका एजेन्डा र पदलाई मात्र अघि बढायो तर साइकल दौडले गाउँ चिनाउने अवसर दिएको छ ।’
साइकल सिटीको अवधारणा अनुरुप देशभरका मेयरहरुबीच साइकल दौड प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताले हरेक सहरमा सडक निमार्ण गर्दा साइकल ट्रयाकसहितको सडक निमार्ण गर्न आह्वान समेत गरेको छ । धुवा धुलो, ध्वनी प्रदुषण रहित सहर बनाउन छोटा दूरीका काममा साइकल प्रयोग गर्न सके वातावरणमा सुधार आउने महानगरका मेयर मानबहादुर जिसीको भनाई छ ।
प्रथम मेयर साइकल दौड प्रतियोगिताको उपाधि भने स्याङ्जा वालिङ नगरपालिकाका मेयर दिलिपविक्रम खाँडले जितेका छन् । हल्लनचोकबाट सुरु भएको पाँच किलोमिटरको दूरी १५ मिनेट ३१ सेकेण्डमा पूरा गदै उनले १० तोला चाँदीको मेडलसहित प्रमाणपत्र हात पारे । यस्तै १५ मिनेट ३८ सेकेण्डमा दूरी पार गरी दोस्रो हुँदै हुम्ला नाम्खा गाँउपालिका अध्यक्ष विष्णुबहादुर लामाले ७ तोला चाँदीको मेडल, प्रमाणपत्र प्राप्त गरे । कास्की माच्छापुच्छे्र गाँउपालिकाका प्रमुख कणर््ाबहादुर थापाले १६ मिनेट ४६ सेकेण्डमा निर्धारित दूरी पूरा गदै तेस्रो प्राप्त गरे । प्रतियोगितामा विभिन्न नगरपालिका र गाँउपालिकाका ९ जना प्रमुखले भाग लिएका थिए । नेपाली नयाँ वर्षको अवसरमा स्थानीय सरकारका प्रमुखरुलाई एकै ठाँउमा जम्मा गरेर अनुभव आदान प्रदानसंगै वातावरणमैत्री विकासलाई प्राथमिकता दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->