
गोरखा, १० वैशाख– करेन्ट लागेर गोरखामा एक युवकको मृत्यु भएको छ । गोरखा नगरपालिका–६ मा करेण्ट लागेर रुकुम पश्चिमका ३२ वर्षीय थलबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दरबारमार्गको सडक ढलान गर्ने क्रममा शुक्रबार बिहान ६ बजे करेन्ट लागेर विकको घटनास्थलमै मृत्यु भएको हो । रड ठड्याउन लाग्दा हाइटेन्सन लाइनमा छोएर उनलाई करेन्ट लागेको बताइएको छ ।
शव पोष्टमार्टमका लागि गोरखा अस्पताल लगिएको प्रहरीले जनाएको छ।





