शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नारायणी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

नारायणी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु


  • बसन्त पौडेल
  • बैशाख १० २०७८, शुक्रबार

विरगञ्ज, १० बैशाख – वीरगन्जको नारायणी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का ४० बर्षीय पुरुष रहेको नारायणी अस्पतालको कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए ।
बैशाख ६ गते नारायणी अस्पतालमा भर्ना गरिएकोमा उनको शुक्रबार दिउँसो साढे चार बजे मृत्यु भएको हो । उनको ८ गते पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । भेण्टिलेटरमा राखेर उपचार भईरहेको उनको शुक्रबार मृत्यु भएको हो ।
यो सहित नारायणी अस्पतालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । यसअघि नारायणी अस्पतालमा ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->