बागलुङ, १२ बैशाख – संसारभरी छरिएर रहेका बागलुङ मुलघर भएका नेपालीहरुको साझा संस्था अन्तराष्ट्रीय बागलुङ सेवा समाज नेपालमा वैधानिक रुपमा दर्ता भएको छ। नेपाल सरकारको आन्तरिक राजस्व विभाग बागलुङमा संस्था आधिकारिक रुपमा दर्ता भएको हो।
विगत लामो समयदेखी संस्थाले आफ्ना गतिबिधीहरु संचालन गर्दै आईरहेपनि विविध कारणवश संस्थाको नविकरण रोकिएको थियो। संस्था नविकरण तथा दर्ताका लागी अध्यक्ष एकराज गिरी लगायत संस्थाको जिम्वेवार व्यक्तिहरु सुर्य हमाल, दिपक गौतम, सुरेन्द्र कँडेल, दीपेन्द्र आचार्य लगायतले महत्वपूर्ण भूमिका खेलेको हाल यूरोपमा रहेका पत्रकार दिल निसानीले वताए ।
संस्थाका हरेक गतिविधिलाई वैधानिक रुपमा संचालन गर्नका लागी आफूहरुले दर्ता प्रकियालाई महत्व दिएको र काम सम्पन्न गरेको संस्थाका सचिव दिपेन्द्र आचार्यले बताए । यस संस्थाले बागलुङ जिल्लाको समग्र विकास र परोपकारको क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको पत्रकार निसानीले वताए ।





