शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी प्रदेशमा कोरोनाबाट थप २ को मृत्यु

गण्डकी प्रदेशमा कोरोनाबाट थप २ को मृत्यु


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०७८, मंगलबार
पोखरा, १४ बैशाख – गण्डकीमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ र गोरखाका १/१ जना छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार कोरोनाबाट मृत्यु हुनेमा तनहुँ, शुक्लागण्डकी ९ का ८३ वर्षीय पुरुष छन् । उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई बैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै, मंगलबार मृत्यु गोरखा, पालुङटार ५ का ६७ वर्षीय महिलाको मृत्यु भएको छ । उनलाई सोमबारमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १७ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->