बेनी, १४ बैशाख- म्याग्दीमा एन्टिजेन्ट परीक्षणमा धमाधम कोरोना पोजेटिभ देखिन थालेको छ । रुघा र ज्वरो देखिएपछि बेनी अस्पतालमा उपचारका लागि पुगेका बिरामीको एन्टिजेन्ट परीक्षण गर्दा धमाधम कोरोनाको संक्रमण देखिने गरेको छ । विद्यार्थीदेखि बृद्धबृद्धामा कोरोनासँग मिल्ने लक्षणलाई अस्पतालको प्रयोगशालामा एन्टिजेन्ट परीक्षणमा कोरोना देखिएपछि गरिएको पिसिआर समेत पोजेटिभ आयो। ७ जनाको एन्टिजेन्ट स्किृनिङको क्रममा ४ जनाको कोरोना पुष्टी भयो। सोमबार सदरमुकाम बेनीका दुई विद्यालयमा ३ जना विद्यार्थी र एक शिक्षकमा समेत एन्टिजेन्टमा पोजेटिभ आएपछि बैशाख मसान्तसम्म विद्यालय बन्द गरियो। जिल्लाभित्र पछिल्लो एकसाता यता भेटिएका संक्रमतिमध्ये अधिकांस सदरमुकाम बेनीबजार आसपासका छन् । संक्रममितको अवस्था हेर्दा बेनीबजार नै हटस्पट’ बन्ने जोखिम बढेको छ।
सामान्य रुघा, खोकी र ज्वरोका बिरामीअस्पतालको ओपिडीमा चेकजाँचको क्रममा बिरामीमा कोरोनासँग मिल्ने लक्षण भेटिएपछि ’एन्टिजेन्ट किट प्रयोग गरी कोरोना परीक्षण टेष्टको क्रममा दैनिकजसो संक्रमति भेटिन थालेपछि जोखिम भयावह हुने अवस्था देखिएको भन्दै उच्च सर्तकता अपनाउन अपिल गरिएको स्वास्थ्य कार्यालय म्याग्दीमा निमित्त प्रमुख एकनारायण लम्सालले बताए। उनले एन्टिजेन्ट किट प्रयोग गरी कोरोना परीक्षण टेष्टको विश्वसनीयता पीसीआर परीक्षण सरह हुने भएकाले संक्रमितले हेल्चेक्राई गरेमा परिवार र समुदायस्तरमै फैलिने जोखिम रहेको बताए । बेनीबजार आसपासमा परीक्षणको दायरा बढाउनुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख लम्सालको भनाई छ।
थोरै समयमा धेरैको परीक्षण गरी छिटो नतिजा निकाल्नका लागि एन्टिजेन विधि अपनाएको बताउँदै पिसिआर गरेजस्तै एन्टिजेन बिधिबाट कोरोना पुष्टी भएकालाई समेत लक्षण देखिएकाले बाहिरी जिल्लासँग नाका जोडिएको बेनीबजार नै संक्रमणको उच्च जोखिममा रहेको उनले बताए । पिपिई सहित सतर्कता अपनाई अन्य विरामीभन्दा फरक तरिकाले बिरामीको घाँटी तथा नाकबाट ¥यालको नमुना लिन्छन्। पिसीआर जस्तै यो प्रविधिबाट सहज र सरल तरिकाबाट कोरोना भाइरस भए नभएको पत्ता लगाउन सकिन्छ । तर एन्टिजेन परिक्षणका क्रममा लिएको –यालको नमुना प्रयोगशालमा नभएर किटबाट जाँच गरिन्छ। म्याग्दीमा एन्टिजेन विधिबाट कोरोना पुष्टी भएकामा पिसीआर विधिबाट जस्तै लक्षण देखिएकाले यसलाई सतप्रतिशत विश्वास गर्न सकिने स्वास्थ्यकर्मीको भनाई छ। यस्तो अवस्थामा नेगेटिभ नतिजा देखिएकालाई समेत चिकित्सकले थप पुष्टी गर्न पिसिआर विधिको प्रयोग गरिन्छ ।
अनिवार्य मास्क लगाउने, हात धुने र सामाजिक दूरी कायम गर्ने नियम बनाए पनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा कोरोना संक्रमतिको समस्याहरु बल्झिदै गएको छ । अस्पतालका चिकित्सकले सुरुवातमा ल्यावमा चेकजाँचका लागि पठाउने र कोरोनाको लक्षण देखिएपछि पुनःपरीक्षणका लागी पठाउँदा ल्यावमा रहेका स्वास्थ्यकर्मीमा समेत संक्रमणको जोखिम बढेको छ। एन्टिजेन विधिबाट कोरोना पुष्टी भएकालाई घरमै सुरक्षित बस्न अनुरोध गरिएको छ। एन्टिजेन परीक्षणका देखिएको कोरोनाको नतिजाले बेलमै होस नपु¥याए भयावह अवस्था आउने जोखिम रहेको बेनी अस्पतालका चिकित्सकले बताएका छन् । सदरमुकाम बेनीबजारमा केही ब्यवसायीहरुमा कोरोना देखिएपछि परिवारका सदस्यहरुमा समेत फैलिएको छ भने विद्यार्थीमा देखिएको कोरोनाले विद्यालयमा अन्य विद्यार्थी समेत जोखिममा परेकाले अनावश्यक काममा घर बाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालयले अपिल समेत गरेको छ ।





