आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

नेपाललाई थप ९ करोड २० लाखको स्वास्थ्य सामग्री दिने चीनको घोषणा

नेपाललाई थप ९ करोड २० लाखको स्वास्थ्य सामग्री दिने चीनको घोषणा


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०७८, मंगलबार

काठमाडौं, १४ बैशाख – चीनका विदेशमन्त्री वाङ यीले नेपाललाई कोरोना महामारी सामना गर्नका लागि थप स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेका छन्।उनले नेपाललाई ९ करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र प्रदीप ज्ञवाली समेत सहभागी रहेको एक भिडियो कन्फ्रेन्समा उनले सो प्रतिबद्धता जनाएका हुन्।

नेपाल, अफगानिस्तान, बंगलादेश, चीन, पाकिस्तान र श्रीलंकाका परराष्ट्रमन्त्री सहभागी रहेको सो भिडियो कन्फ्रेन्समा परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड–१९ महामारीको सामना गर्न र संकटबाट आर्थिक उत्थान गर्न लागि क्षेत्रीय सहयोग बढाउनुपर्नेमा जोड दिएका थिए। कोरोना महामारीको सुरुको चरणदेखि नै चीनले नेपाललाई बिभिन्न ढंगबाट सहयोग प्रदान गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->