पोखरा, १५ बैशाख – कोभिडबाट गण्डकीमा थप २ जनाको निधन कोभिड–१९ बाट गण्डकीमा थप २ जनाको ज्यान गएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा बागलुङ- ११ की ६१ वर्षीया महिला र गोरखा- १४ का ५५ वर्षीय पुरुष रहेका छन् । बागलुङकी महिलाको वैशाख १३ गते सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालमा र गोरखाका पुरुषको वैशाख १४ गते मंगलबार भरतपुरको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । हालसम्म गण्डकीमा कोरोना संक्रमणबाट २१९ जनाको मृत्यु भइसकेको छ ।




