आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

दीपक मनाङेले लिए युवा तथा खेलकुद मन्त्रीको सपथ

दीपक मनाङेले लिए युवा तथा खेलकुद मन्त्रीको सपथ


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०७८, बिहिबार

पोखरा, १५ बैशाख – गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री नियुक्त भएका स्वतन्त्र सांसद दीपक मनाङे भनिने राजिव गुरुङले सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश नीति तथा योजना आयोगको सभाहलमा सपथग्रहण गराएका हुन् । सपथ ग्रहणमा मनाङे निलो रंगको कोट र दौरा सुरुवालमा ठाँटिएका थिए । सपथग्रहण कार्यक्रममा सभामुख र अन्य दलका मुख्य नेताहरु भने उपस्थित भएनन् ।

सपथअघि उनले पत्रकारहरुसँग केहीबेर अनौपचारिक कुरा पनि गरे । मनाङेले छोटो प्रतिक्रिया दिँदै भने, ‘अहिले धेरै काम गर्नुपर्दैन । चार, पाँचओटा काम गरे पुग्छ । मसँग काम गर्ने टिम छ ।’ उनी यसअघि प्रदेश सभाको अर्थ तथा विकास समितिको सदस्य समेत थिए । तर समितिको काम चित्तबुझ्दो नभएको भन्दै राजीनामा दिएका थिए ।

मनाङ ‘ख’बाट स्वतन्त्र निर्वाचित सांसद मनाङे चुनाव जितेको झन्डै डेढ वर्षपछि मात्र सपथ खाएका थिए । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अविश्वासको प्रस्ताव संसदमा टेबुल भएपछि जनमोर्चाले जसलाई समर्थन गर्छ, उसैलाई भोट दिने बताएका थिए । लामो सयम मोबाइल अफ गरेर बुधवार प्रदेशसभामा पनि उपस्थित नभएका उनले पछि मनाङका जनताले आफूलाई मुख्यमन्त्री विरुद्ध जान नदिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->