शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बेनी नाकामा होल्डिङ सेन्टर

बेनी नाकामा होल्डिङ सेन्टर

‘बाहिरी जिल्लाबाट आउने यात्रुलाई कडाइ गरी छड्के अनुगमन समेत गरिन्छ’


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०७८, शुक्रबार
फाईल तस्विर

म्याग्दी, १७ बैशाख – कोरोनाको दोस्रो लहर तीव्र फैलिइरहँदा समेत हेल्चेक्य्राइँ र लापरबाही नरोकिएपछि म्याग्दीको सदरमुकाम बेनीबजार प्रवेशद्वार कालीपुलमा चेकजाँच कडाइ र बाहिरी जिल्लाबाट आउनेलाई लक्ष्य गरी शुक्रबारदेखि पुनः होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने भएको छ । जिल्लाका सबै स्थानीय तहबाट एक–एक कर्मचारी खटाई यात्रुको अभिलेख राख्ने र संक्रमति भेटिए कन्ट्याक ट्रेसिङ गरिने कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
म्याग्दी प्रवेश गर्ने मुख्य नाकामा सुरक्षाकर्मी सहितको जनशक्तिलाई समेत थप व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । ‘बाहिरी जिल्लाबाट आउने यात्रुलाई कडाइ गर्ने गरी आवश्यक तयारीसँगै छड्के अनुगमन समेत गरिन्छ,’ प्रजिअ अधिकारीले बताए ।
यसअघिसमेत प्रशासनमा आयोजित बैठकमा सिडिओ अधिकारीले नाका व्यवस्थित गर्न माग गरेको जनशक्ति व्यवस्थापनमा स्थानीय तहले आनकानी गरेपछि अलपत्र परेको थियो । होल्डिङ सेन्टर सञ्चालनमा ल्याउन नसके जिल्लामा कोरोनाको अवस्था झन भयावह हुने चेतावनीपछि शुक्रबारदेखि हेल्थ डेस्क आवश्यक जनशक्ति व्यवस्थापन गरिएकाले सहज हुने बताइएको थियो । हेल्थ डेस्कमा म्याग्दी आउने सबै यात्रुको कोभिडको संक्रमणको सामान्य लक्षण र ज्वरो मापन गरिनेछ । शंकास्पद यात्रुको बेनी अस्पतालमा एन्टिजेन्ट स्किृनिङ गरी रिर्पोट आएपछि क्वारेन्टाइन, होम क्वारेन्टाइन वा सम्बन्धित पालिकामा खबर गरी जिम्मा लगाइने जनाइएको छ । होल्डिङ सेन्टर सञ्चालनका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको व्यवस्था भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->