
पोखरा, १९ वैशाख – नेपालमा हालसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । आइतबार एकै दिन ७ हजार १ सय ३७ जनामा कोरोना पुष्टि हो । यसअघि गत कात्तिक ५ गते ५ हजार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय २५ पुगेको छ । हालसम्म पीसीआर परीक्षण २५ लाख ४४ हजार ७६ पुगेको छ । आइसोलेसनमा ४८ हजार ७ सय ११ र क्वारेन्टाइनमा ६७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





