बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

म्याग्दीका पत्रकारलाई मास्क र स्यानीटाइजर

म्याग्दीका पत्रकारलाई मास्क र स्यानीटाइजर


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २० २०७८, सोमबार

बेनी, २० बैशाख – कोभिड–१९ को संक्रमणबाट बच्नका लागि पत्रकारलाई मास्क र स्यानीटाइजर वितरण भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीबाट आइतबार जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीलाई स्वास्थ्य सामग्रीहरु वितरण गरिएको हो । पत्रकारलाई समाचार संकलन तथा कार्यस्थलमा खटिएर काम गर्ने क्रममा आवश्यक सुरक्षा सतर्कता अपनाउन मास्क र स्यानीटाइजर वितरण गरिएको पत्रकार महासंघ म्याग्दी शाखाले जनाएको छ ।

महासंघको पहलमा म्याग्दीको बेनी नगरपालिका–७, मंगलाघाट निवासी हाल फेवा सिटी हस्पिटल पोखरामा कार्यरतहाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. दिवश कटुवाल क्षेत्रीको सहयोगमा पत्रकारलाई मास्क र स्यानीटाइजर वितरण गरिएको छ । यसअगाडी समेत डा. कटुवालले म्याग्दीबाट गम्भीर चोट लागेर पोखरामा पुगेका विपन्नको उपचारमा समेत निःशुल्क सेवा सहित आर्थिक सहयोग गरेका पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले बताए ।

पत्रकारलाई ५० पिसका दरले एक बट्टा मास्क र ५० एमएल स्यानीटाइजर वितरण गरिएको हो । स्वास्थ्य सामग्रीहरु महासंघका अध्यक्ष पौडेल र उपाध्यक्ष हरिकृष्ण गौतमले पत्रकारलाई वितरण गरेका थिए ।

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->