शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

उपत्यकामा २९ गतेसम्म निषेधाज्ञा थप, बेलुकी पसल खोल्न नपाइने

उपत्यकामा २९ गतेसम्म निषेधाज्ञा थप, बेलुकी पसल खोल्न नपाइने


  • ढोरपाटन संवाददाता
  • बैशाख २१ २०७८, मंगलबार

काठमाडौं, २१ वैशाख -उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप भएको छ। मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार अब थप कडाइ गरिने भएको छ। बेलुकीको समयमा अत्यावश्यक पसल पनि सञ्चालन गर्न नपाइने भएको छ।
बिहान भने ९ बजेसम्म भने पसल सञ्चालन हुन पाउने छन्। फुटपाथका पसल बन्द गरिने भएको छ। बैंक तथा वित्तीय संस्थामा कर्मचारी सीमित गर्ने, सरकारी कार्यालयमा पनि कर्मचारी र सवारी साधनको संख्या घटाउने व्यवस्था गर्ने निर्णय भएको छ। यसको व्यवस्था सम्बन्धित मन्त्रालय र विभागबाटै गर्ने प्रमुख जिल्ला अधिकारीको निर्णय छ।

सञ्चारमाध्यमलाई पनि आवागमनमा थप कडाइ गरिने भएको छ। अब सूचना विभागले जारी गरेका प्रेस पास देखाउनुपर्नेछ। त्यो नभएकाहरुका हकमा सम्बन्धित सञ्चारगृहले प्रशासनमा न्यूनतम कर्मचारी खटाउने र तिनको विवरण जिल्ला प्रशासनमा उपलब्ध गराउनु पर्नेछ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->