काठमाडौं, २२ वैशाख – पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८हजार ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८ हजार ६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको हो ।





