बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दमौलीमा आइसीयूसहितको भेन्टिलेटर, जिपीमा अक्सिजनसहितको आइसोलसन

दमौलीमा आइसीयूसहितको भेन्टिलेटर, जिपीमा अक्सिजनसहितको आइसोलसन


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २३ २०७८, बिहिबार

तनहुँ, २३ वैशाख– तनहूँको दमौली अस्पतालमा भेण्टिलेटरसहितको आइसीयू कक्ष तयार भएको छ । कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै अस्पतालमा ४ बेडको भेन्टिलेटर र ७ बेडको आइसीयू कक्ष तयार भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीप अधिकारीले बताए । स्वास्थ्य मन्त्रालयमार्फत् प्राप्त २ करोड रुपैयाँ लगानीमा ती संरचना बनेका हुन् । भेण्टिलेटर र आइसीयू बनेपछि कोभिडका जटिल बिरामीलाई उपचार गर्न सकिने अस्पतालले जनाएको छ ।
अस्पतालले आफ्नै अक्सिजन प्लाण्ट बनाउने तयारी पनि गरेको छ । गण्डकी प्रदेश सरकारले अक्सिजन प्लान्ट बनाउन ७५ लाख रुपैयाँ उपलब्ध गराएको छ । आइसीयू र भेन्टिलेटरको सुविधा थप्नका लागि पनि प्रदेश सरकारले एक करोड ६९ लाख रुपैयाँ पठाएकोमा फिर्ता गरेको उनले बताए । ‘संघीय सरकारले २ करोड दिएकाले प्रदेशले दिएको रकम फिर्ता गरेर अन्य शीर्षकमा बजेट माग्यौँ’, अधिकारीले भने ।
दमौली अस्पतालले कोरोनाको पहिलो चरणमा संक्रमण फैलँदा क्रियापूत्री भवनमा १६ बेडको आइसोलेसन चलाएको थियो । जिल्ला अस्पतालको रुपमा रहेको दमौली अस्पताल १५ शैयाको हो । अस्पताललाई स्तरोन्नति गरेर ५० शैयाको बनाउने पहल भइरहेको छ ।
जिपीमा अक्सिजनसहितको आइसोलसन
तनहूँकै बेलचौतारामा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले अक्सिजनसहितको आइसोलेसन बनाउने तयारी गरेको छ । दोस्रो लहरको कोरोना संक्रमण दर बढेसँगै जिल्लाका १० वटै पालिकाले मिलेर बनाइदिएको भवनमा अक्सिजन सहितको आइसोलेसन बनाउन लागिएको हो ।
३० बेडको अक्सिजनसहितको आइसोलेसन दुई दिनभित्र सञ्चालनमा ल्याउने अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर रामकुमार श्रेष्ठले बताए । ५ बेडमा मोनिटर सहितको अक्सिजन दिइने उनले जनाए । ‘अहिले जटिल प्रकृतिका कोभिडका बिरामी धेरै भएकाले हरेक बेडमा अक्सिजन पु¥याउने गरेर अक्सिजन पाइपलाइन जोडेका छौँ’,उनले भने । अस्पतालले ८ लाख रुयैयाँको खर्चमा अक्सिजनको पाइपलाइन र सिलिन्डर व्यवस्थापन गरेको हो ।
आइसोलेसन कक्षका लागी उपकरणहरुको अभाव रहेको उनले बताए । गत बर्ष पहिलो चरणको कोरोनाको संक्रमण तीब्र गतिमा फैलदा अस्पतालले ५० बेडको आइसोलेसन सञ्चालन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->