पोेखरा, २५ वैशाख – पछिल्लो २४ घन्टामा थप ८ हजार ४१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा शनिबार थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार १७ हजार ३१५ जनाको पिसीआर परीक्षणबाट ८ हजार २ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो भने ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमित समेत गरी नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ। जसमध्येका २ लाख ९८ हजार ७६५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भइसकेका छन् भने देशभर हाल ८३ हजार ४९३ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ३७० जना संक्रमित संक्रमण मुक्त (निको) भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।





