
पोखरा, २७ वैशाख—गण्डकी प्रदेशमा कोरोना भाइरसबाट सोमबार १३ जनाको मृत्यु भएको छ । हरेक दिन मृतकको संख्या बढिरहको गण्डकीमा हालसम्म कोरोना भाइरसको कारण २ सय ७६ जना संक्रमितको मृत्यु भएको छ । सोमवार मृत्यु हुनेमा ११ पुरुष रहेका छन भने २ जना महिला रहेका छन । पर्वतका २, लमजुङका १, स्याङ्जाका ४, कास्कीका २, म्याग्दीका २, तनहुँका १, रुपेन्देहीका १ जना रहेका छन् ।





