बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

धनुषमा अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा पक्राउ

धनुषमा अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा पक्राउ


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०७८, सोमबार

पोखरा, २७ वैशाख—पल्स अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा विनिता सर्जिकल स्टोरका संचालक भुपनारायण साहलाई प्रहरीले पक्राउ गरेको छ ।
सिरहा शुखिपुर नगरपालिका २ घर भई जनकपुर बस्दै आएका संचालक ३० वर्षीय साहलाई २८ थान पल्स मिटर सहित पक्राउ गरेको छ । बाह्र बिघास्थित उक्त स्टोरबाट १ हजार ७ सय रुपैयाँ पर्ने पल्स अक्सिमिटर २ हजार ५ सय देखि ३ हजार रुपैयाँ सम्ममा बिक्री गरी कालोबजारी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->