शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोनाले २२५ जनाको मृत्यु, ९४८३ संक्रमित थपिए

कोरोनाले २२५ जनाको मृत्यु, ९४८३ संक्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०७८, मंगलबार

काठमाण्डौ, २८ वैशाख– देशभर कोरोना संक्रमणले थप २ सय २५ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा ७९ जनाको मृत्यु भएपनि नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरिएको सहित २ सय २५ जना मृतक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि हिजो १ सय ३९ र अस्ति ८८ जना मृतक थपिएको मन्त्रालयले जनाएको थियो । पछिल्लो तथ्यांक सहित कोरोनाले मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

गत २४ घण्टामा ९ हजार ४ सय ८३ जना संक्रमित थपिएका छन् । २० हजार ५ सय ९६ जनाको पिसिआर र ७ सय २० जनाको एन्टिजेन गरी २१ हजार ३ सय १६ जनाको परीक्षण गरिएको थियो । योसँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ ।

कूल संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको मन्त्रालयको तथ्यांक छ । गत २४ घण्टामा ५ हजार २ सय २५ जना संक्रमित निको भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->