शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बन्द भयो देश, ५ जिल्ला मात्रै खुला

बन्द भयो देश, ५ जिल्ला मात्रै खुला


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०७८, बुधबार
निषेधाज्ञाले सुनसान काठमाडौंको कलंकी सडक । फाइल तस्वीर ।

पोखरा, २९ वैशाख – निषेधाज्ञाका कारण लगभग पूरै देश बन्द भएको छ। गृहमन्त्रालयका अनुसार मंगलबार साँझसम्म ७२ जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको छ।

देशका ७७ जिल्लामध्ये अब ५ जिल्लामा मात्र निषेधाज्ञा जारी गर्न बाँकी छ। कोरोना संक्रमण व्यापक बन्द गएपछि एकपछि अर्काे जिल्लामा निषेधाज्ञा घोषणा भइरहेको हो। यसबीच कतिपय जिल्लामा निषेधाज्ञा अवधि पटकपटक थपिएका पनि छन्।

निषेधाज्ञा जारी अवधिमा अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन स्थानीय प्रशासनले आदेश जारी गरेका छन्। खाद्यान्न, औषधिलगायत अत्यावश्यक कामका लागि सम्बन्धित प्रशासनले आआफ्ना मापदण्ड बनाएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->