शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपालमा कोरोनाका सक्रिय संक्रमित संख्या एक लाख नाघ्यो

नेपालमा कोरोनाका सक्रिय संक्रमित संख्या एक लाख नाघ्यो

पछिल्लो २४ घण्टाको अवधिमा ४ हजार ४४४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०७८, बुधबार

काठमाडौं, २९ वैशाख – नेपालमा पहिलो पटक संक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९३०५ संक्रमित थपिएसँगै नेपालमा सक्रिय कोरोनाका बिरामी  १ लाख १ हजार ६ सय ३४ पुगेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३ सय ६२ पीसीआर र ४ सय २४ एन्टिजेन परीक्षणमा ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ७८६ पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार मुलुकभरका ८७ वटा प्रयोगशालाबाट २० हजार ३६२ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। यस्तै, ४२४ जनाको एन्टिजेन परीक्षण गरिएको छ।

मन्त्रायका अनुसार नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कको आधारमा कोभिड १९ संक्रमणबाट गत २४ घण्टामा १६८ जनाको मृत्यु भएको भएको हो। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार २५२ पुगेको छ।

पछिल्लो २४ घण्टाको अवधिमा ४४४४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै ३ लाख १६ हजार ४६८ जना संक्रमण मुक्त (निको) भएका छन्। यो कुल संक्रमितको ७४.९ प्रतिशत हो। मंगलबारसम्म देशभर १ लाख १ हजार ६ सय ३४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।

तीमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या सर्वाधिक छ। सोमबार थपिएकासँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख २२ हजार ४ सय १६ पुगेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->