बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आइसियू र भेण्टिलेटरविहीन मुस्ताङ !

आइसियू र भेण्टिलेटरविहीन मुस्ताङ !

मुस्ताङमा भेण्टिलेटर र सघन उपचार कक्ष मात्रै हैन एउटै डाक्टर छैनन् ।


  • तारानाथ आचार्य
  • बैशाख ३१ २०७८, शुक्रबार

बागलुङ, ३१ वैशाख– सधैंको चिसो । गुईँठाको सहरामा ताप लिँदै बिताएको जीवन । एक दिन घुम्नेलाई आहा ! लागेपनि बाह्रै महिना कष्टकर जीवन बिताएका मुस्ताङेलाई अहिले कोरोको कहरले पिरोलिरहेको छ । स्थानीय सर्वसाधारणभन्दा देशीविदेशी पर्यटकको आवागमन धेरै हुने हिमालपारीको जिल्ला मुस्ताङ । कोरोनाको पहिलो लहर चल्ने बेला मुस्ताङ निकै कठोर थियो ।
बिदामा घर हिँडेका कर्मचारी हुन् वा कामको सिलसिलामा मुस्ताङ बाहिर निस्केका सर्वसाधारण । १४ दिन क्वारेण्टिन बस्नुपर्ने बाध्यात्मक व्यवस्था जिल्लाभर गरिएको थियो । निकै कठोर बनेर जिल्लालाई सुरक्षित र सजग राखेको मुस्ताङले अहिले कोरोना महामारीको दोस्रो लहरसँग पौठेजोरी खेलिरहेको छ । सामान्य समयमा समेत बाहिरी जिल्लाबाट मुस्ताङका विभिन्न स्थानमा भ्रमणको लागि पुग्ने सर्वसाधारणको लागि अक्सिजनको कमी हुने मुस्ताङले अहिले कोरोनासँग जुध्न अक्सिजनको जोहो गरिरहेको छ ।
मुस्ताङमा कोरोना महामारीको दोस्रो लहरका ८९ जना संक्रमित छन् । जिल्लाको चारवटै गाउँपालिकामा संक्रमित पुगेका छन् । संक्रमितमध्ये अधिकांशमा लक्षण रहेको र धेरैलाई अक्सिजनको आवश्यकता रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘यहाँ उच्च सजगता अपनाइएकै हो, अहिले लक्षणसहितका संक्रमितको संख्या बढ्दो छ’, स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले भने ‘संक्रमितहरुलाई उच्च निगरानीमा होम आइसोलेसन र अस्पतालमा राखिएको छ ।’
मुस्ताङ अस्पतालमा ६ शैयाको आइसोलेसन बनाइएको छ । ६ वटै शैयामा अक्सिजनको व्यवस्था रहेको भएपनि भेण्टिलेटर र सघन उपचार कक्ष भने छैन । भेण्टिलेटर र सघन उपचार कक्ष नरहेका कारण चुनौतीबीच कोरोनाको सामना गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी जगदिश अर्यालले बताए । ‘स्थानीय तहमा पनि आइसोलेसन बनेका छन् तर अक्सिजन पु¥याउन सकिएको छैन्’ अर्याल भन्छन्,‘जनसंख्या थोरै भएर के गर्नु छिरोलिएको ठुलो जिल्ला भएकाले व्यवस्थापनमा कठिन भैरहेको छ ।’
महामारीको दोस्रो लहर सुरु हुँदा देखिनै सतर्कता अपनाएको मुस्ताङले महामारीको लहरलाई रोक्न भने सकेन । देश विदेशका पर्यटक र स्थानीयको बाहिरी जिल्ला आवतजावतका कारण कोरोना भित्रिएको प्रशासनको ठम्याई छ । मुस्ताङ प्रवेशका लागि सीमित नाकाहरु मात्रै सञ्चालनमा छन् । नाकाहरुमा समयमा कडाई गरेको भए महामारीको कम प्रभाव पर्ने अनुमान स्थानीयको छ ।
महामारीको दोस्रो लहरले पहिलोपटक केहीदिन पहिला मुस्ताङकी एक महिलालाई चँुड्यो । संक्रमित महिलाको उपचारका क्रममा भृत्यु भएपछि मुस्ताङ सजग बनेको छ । ‘हामीकहाँ अक्सिजन प्लान्ट छैन्, बाहिरबाट फिलिङ गरेर ल्याउँदा यही अवस्थामा संक्रमण फैलिँदा कठिन छ’, अर्याल भन्छन् ‘यो अवस्थाको मुल्याकंन गरेर हामिले निशेधाज्ञा गरेका छौं ।’
जिल्लाभर एकजनासमेत चिकित्सक नरहेका कारणले पनि बिरामीको उपचारमा समस्या भैरहेको स्वास्थ्य कार्यालयका प्रमुख भण्डारी बताउँछन् । ‘हामीसँग जनशक्तिको पनि अभाव छ, बिषेशज्ञ डाक्टर छैनन्, स्वास्थ्यकर्मी पनि चाहिने जति छैनन्’, भण्डारीले भने ।
यहाँका आईसोलेसनमा उपचरा गराइरहेका ६ जना अहिलेसम्म बाहिरी जिल्ला रिफर भएका छन् । स्वासप्रस्वासमा समस्या भएपछि हाई केयर युनिटमा उपचार गर्न सकिने बिरामीसमेत पोखरा, काठमाडांै पठाउनु परेको अर्यालले बताए । ‘एचडियु मात्रै भएको भए धेरै सहज हुने थियो’, अर्याल भन्छन् ‘सबै कुराको अभाव छ, यहाँ ।’ ६ जनाले मुस्ताङबाट हेलिकप्टर चडेर पोखरा काठमाडौं लगायतका शहरका अस्पतालमा पुगेर ज्यान बचाएका छन् भने अरु सबै संक्रमितको मुस्ताङमै उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->