बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अहिले दिनेको सिलिन्डर पछि सुरक्षित फिर्ता गरिने

अहिले दिनेको सिलिन्डर पछि सुरक्षित फिर्ता गरिने

अक्सिजनको माग बढेपछि बेनी अस्पतालले ‘अक्सिजन बैंक’ स्थापना ।


  • हरिकृष्ण गौतम
  • जेष्ठ १ २०७८, शनिबार
बेनी अस्पतालमा स्थापना गरिएको अक्सिजन बैंकका लागि संकलन गरिएको खाली सिलिण्डर । तस्वीर : हरिकृष्ण गौतम

बेनी, १ जेठ– म्याग्दीका कोरोना संक्रमति बिरामीलाई आवश्यक पर्ने अक्सिजनको अभाव हुन नदिन बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना गरिएको छ । म्याग्दीमा दैनिकजसो कोरोना संक्रमतिको संख्या ह्वात्तै बढेपछि कुनैपनि बेला अक्सिजनको अभाव हु्न सक्ने भन्दै जिल्ला भित्रका उद्योग र जलविद्युत आयोजनामा रहेका सिलिण्डर संकलन गरी अक्सिजन बैंक स्थापना गरिएको बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।
‘नागरिकको जीवन रक्षाका लागिका लागि यो अभियानमा छौं । तत्काल प्रयोगमा नहुने सिलिन्डर उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु,’ अध्यक्ष कटुवालले भने । उनले स्वदेश तथा विदेशमा रहेका म्याग्देलीलाई समेत कोरोनाविरुद्ध लड्न आवश्यक उपकरणमा सहयोग गर्न समेत अध्यक्ष कटुवालले अपिल गरेका छन् ।
बेनीबजारमा रहेका उद्योग व्यापारीमार्फत प्रहरीले समेत २० वटा र रघुगंगा जलविद्युत आयोजनाबाट समेत २० वटा सिलिन्डर अस्पतालमा पुगेको छ । अक्सिजन अभावमा कोही पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भनेर पछि फिर्ता गर्ने शर्तमा ग्यास सिलिन्डर संकलन गरिएको अध्यक्ष कटुवालको भनाइ छ ।
अक्सिजन बैंकको स्थापनासँगै हाल अस्पताल र विभिन्न उद्योगबाट संकलन गरिएको गरी करिब १ सय सिलिन्डर भएपनि यो प्रयाप्त नभएको बेनी अस्पतालले जनाएको छ । कोरोना संक्रमति भएर शरीरमा अक्सिजनको मात्रा कम भई अन्तिम समयमा आएका बिरामीमध्ये बेनी अस्पताल र पोखरामा रिफर गरिएका बिरामीको ज्यान गएको अवस्थामा अति आवश्यक परेमा बिरामीलाई घरमै सिलिन्डर समेत पु¥याउनुपर्ने अवस्था रहेको चिकित्सकको भनाइ छ ।
अस्पतालमा दैनिकजसो शरीरमा अक्सिजनको मात्रा कम भएका बिरामी आउने गरेकोमा अस्पतालभित्र रहेको प्लान्टबाट सिधै बिरामीको बेडमै पु¥याउनुपर्ने भएकाले खाली सिलिन्डर उपलब्ध भए पोखरामा लगेर भरिने र आवश्यकताका आधारमा बिरामीलाई उपलब्ध गराउने अस्पतालले जनाएको छ । बेनी अस्पताल बाहेक जिल्लाका अन्य स्थानीय तहमा समेत संक्रमितलाई आवश्यक पर्ने पर्याप्त अक्सिजनको सिलिन्डर उपलब्ध छैन ।
म्याग्दीमा कोरोना संक्रमतिको अवस्था झन् भयावह हुने अनुमानसहित अक्सिजनको अभावमा कोरोनाका गम्भीर बिरामीले मृत्युवरण गर्न नपरोस् भनेर जिल्ला प्रशासन कार्यालय, प्रहरीसहित सुरक्षा निकाय अक्सिजन सिलिन्डर प्रयोग हुने संघसंस्था र व्यापारीलाई सहयोगका अपिल सहित सिलिन्डर खोजीमा सक्रिय छ ।
म्याग्दीमा हाल २ सय ८ सक्रिय संक्रमित रहेकोमा करिब ९ सयभन्दा बढीको स्वाबको नतिजा आउँन बाँकी छ । बेनी अस्पतालमा पछिल्लो एकसाता यता अक्सिजनको माग बढ्दो रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->