बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

पर्सामा निषेधाज्ञा उल्लङ्घन गर्दै प्रहरी माथि अभद्र व्यवहार गर्ने ५ पक्राउ

पर्सामा निषेधाज्ञा उल्लङ्घन गर्दै प्रहरी माथि अभद्र व्यवहार गर्ने ५ पक्राउ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०७८, शनिबार

पोखरा,१ जेठ–पर्सामा निषेधाज्ञाको समयमा प्रहरी माथि अभद्र व्यवहार गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ ६ गतेसम्म थप गरिएको निषेधाज्ञा उल्लङघन गरी खोलिएको पसल तथा अनावश्यक हिडडुल, आवतजावतमा रोक लगाउन खटिएका प्रहरीमाथि अभ्रद्र व्यवहार गरेको भन्दै पक्राउ गरेको हो । प्रहरीले २६ वर्षीय साहेव शेख,१९ वर्षका हनिफ हुसेन,३० वर्षका भोलाप्रसाद साह,३० वर्षकै मोहम्मद असरफ राइन र मुन्ना साहलाई पक्राउ गरेको हो ।
विरगंज नगरपालिकाका विभिन्न स्थानमा खटिएका पिकेट, मोबाइल तथा मोटरसाइकल गस्ती टोलीमाथि अभद्र व्यवहार गर्दै कामकारबाहिमा अवरोध पु¥याउदै सार्वजानिक हित, स्वास्थ्य सुरक्षा,सुविधा र नैतिकता विरुद्धको कसुर एवं संक्रामक रोग ऐन अनुसार मुद्धा दर्ता गराई थप अनुसन्धान भइराखेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->