शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

म्याग्दीका एकैदिन थपिए २ सय ३० संक्रमति

म्याग्दीका एकैदिन थपिए २ सय ३० संक्रमति


  • हरिकृष्ण गौतम
  • जेष्ठ १ २०७८, शनिबार

बेनी, १ जेठ– म्याग्दी जिल्लामा हालसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सक्रमति थपिएका छन् । जिल्लाबाट स्बाब संकलन गरी अञ्चल अस्पताल बागलुङमा पठाइएकोमा स्बाबको पिसिआर र एन्टीजेन विधिबाटबाट गरिएको परीक्षणमा २ सय ३५ जनामा कोरोना पुष्टी भएको हो । संक्रमतिमध्ये प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको विवरणमा १ सय महिला र १ सय ३० पुरुष गरी २ सय ३० जना छन भने बेनी अस्पतालमा एन्टीजेन विधिका थप ५ जना संक्रमति रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।
उनका अनुसार बेनी नगरपालिकाका ६४ जना, मंगला गापा २८ जना, रघुगंगाका गापा ५२ जना, अन्नपूर्ण गापा ७५ जना, धवलागिरी गापा १ जना र पवर्तको जलजला गाउँपालिकाका ३ जना गरी जम्मा २२३ जना(पिसिआरबाट) र रघुगंगा ५ जना, बेनपा ४ जना, धवलागिरी २ जना र मालिका १ जना गरी जम्मा १२ जना (एन्टीजेन विधिबाट) रहेका छन । यो सगै म्याग्दीमा कोरोना संक्रमितको संख्या जम्मा संख्या ८७९ पुगेको छ (७६९ पिसिआरबाट र ११० एन्टीजेन विधिबाट) साथै शनिबार १० जना कोरोना संक्रमित आइसोलेनमुक्त भएका छन् । नयाँसँगै म्याग्दीमो सक्रिंय संक्रमतिको संख्या ४ सय ४५ जना रहेको जनाइएको छ । म्याग्दीमा यसअगाडीको सक्रिय संक्रमति भन्दा एकैदिन भेटिएका संक्रमितको संख्या धेरै देखिएका छन् ।
म्याग्दीबाट पठाइएको ४ सय २८ नमुनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यता गण्डकी प्रदेशमा भेटिएका संक्रमतिमध्ये सबैभन्दा धेरै समेत म्याग्दीका छन् भने छिमेकी जिल्ला मुस्ताङ सँगै मनाङ र लमजुङमा सुन्य संक्रमति रहेका छन भने पर्वतमा २२ जना र बागलुङमा ७९ जना रहेको निर्देशनालयले जनाएको छ । जिल्लाका सबै स्थानीय तहमा नयाँ संक्रमतिको संख्या अत्याधिक रहेको बताइएको छ । बेनी नगरपालिकाका संक्रमति होम आइसोलेसनमा छन् भने गाउँपालिकमा रहेको संस्थागत आइसोलेसनमा भने संक्रमति बस्न थालेका छन् । शनिबार नै बेनी नगरपालिका ४ सिंगा तातोपानीका एक संक्रमतिको उपचारको क्रममा पोखरामा मृत्यु भएको छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->