शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

३ महिनाको शिशुले कोरोनालाई जिते

३ महिनाको शिशुले कोरोनालाई जिते


  • हरिकृष्ण गौतम
  • जेष्ठ ४ २०७८, मंगलबार

बेनी, ४ जेठ – म्याग्दीमा ३ महिने शिशुले कोरोना संक्रमणलाई पराजित गरेका छन्। बेनी नगरपालिका घर भइ हाल पर्वतको जलजला गाउँपालिका ३, पर्वतबेनीमा बस्ने आमासँगै संक्रमित भएका शिशु पनि कोरोनामुक्त भएका हुन्।
शिशुकी आमालाई कोरोनाको लक्षण देखिएपछि बैशाख १७ गते बेनी अस्पतालमा स्वाब संकलन गरिएको थियो । बैशाख १९ गते नतिजा आएपछि होम आइसोलेसनमा बसेको अवस्थामा आमा र छोरा दुवै कोरोनामुक्त भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले बताए ।
उनले कोरोनाको नयाँ संक्रमितसँगै जित्नेको संख्यामा समेत धेरै रहेको बताए । यता शिशुका बुबाले कोरोनालाई जितेको बताए । ‘शिशु र आमा दुबै कोरोना मुक्त भएका छन्,‘शिशुले कोरोना जितेकाले कोही त्रसित नहुनुहोला’ शिशुका बुबाले भने । उनले कन्ट्याक्ट ट्रेसिङ संक्रमण पुष्टि भएपछि उनीहरुलाई होम आइसोलेसनबाटै निको भएको बताए।
कोरोना भाइरसको लक्षण देखिएपनि चिकित्सकको सुझाव अनुसार नियमित औषधी सेवन सहित अन्य जनस्वास्थ्यका मापदण्ड पालना गरेको बताए । उनले तीन महिने शिशुले कोरोना जित्न सक्ने भएकाले आत्मविश्वास बलियो बनाउन सक्नु नै कोरोनाको औषधी भएको बताए । म्याग्दीमा कोरोनाको दोस्रो लहरसँगै शिशुलाई कोरोना संक्रमित भएको यो पहिलो हो । संक्रमित बुबाआमा र आफन्तसँगै घुलमिल भएकालाई शिशुलाई समेत कोरोना देखिएको छैन् । म्याग्दीमा सोमबार थपिएका ८४ जनासँगै संक्रिय कोरोना संक्रमितको संख्या ५ सय नजिक पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->