बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

‘समयमै अस्पताल पुगें र पो जोगिएँ’

‘समयमै अस्पताल पुगें र पो जोगिएँ’

शरीरमा एक्कासि अक्सिजनको मात्रा कम भएपछि घरमै बस्नु भनेको ज्यान गुमाउनुसरह रहेको मल्लको अनुभव ।


  • हरिकृष्ण गौतम
  • जेष्ठ ४ २०७८, मंगलबार

बेनी, ४ जेठ – म्याग्दीको मंगला गाउँपालिका–अर्मन छिस्वाङका ६० वर्षीय मीनबहादुर मल्लको आमा बितेपछि मृत्यु संस्कारकै क्रममा अचानक बिरामी भए । बैशाख १६ बिहान किरियामै बसेकोबेला हल्का ज्वरो आउने, टाउको र शरीर दुख्ने लगायतका समस्या देखियो । मल्ललाई देखिएका सबै लक्षणहरू कोरोनासँग मिल्दोजुल्दो थियो ।
आमाको अन्तिम संस्कार सकिएलगत्तै बैशाख २५ गते श्वासप्रश्वासमा समेत समस्या देखिएपछि बेनी अस्पताल आए । एम्बुलेन्समा अस्पतालसम्म आइपुग्दा मल्ललाई बाँचिन्छ भन्ने लागेको थिएन । उनी निराश थिए, श्रीमति सन्तु मल्ललेसमेत श्रीमानको अवस्था निकै भावुक बनिन् । अस्पतालमा भर्ना हुँदामल्लको अक्सिजनको लेभल घटेर ७० मासमेत झरेको थियो ।
उनलाई हाई फ्लो अक्सिजन दिइयो ।अक्सिजनको लेभल ९० नाघेपछि बिरामीको चापलाई मध्यनजर गर्दै मल्ललाई आकस्मिक कक्षको बेडबाट बहिरंग सेवा ९ओपिडी० कक्ष प्रवेश गर्ने ढोकाको छेउमै राखियो । मल्लसँगै ३ जना बिरामी लस्करै अक्सिजन सिलिन्डर राखेर नियमित मुखमा अक्सिजन मास्क लगाएका थिए ।ढोकाको छेउमा बसेकी मल्लकी श्रीमति सन्तु अस्पतालको गेटमा प्रवेश गर्दा निकै निराश थिइन् ।उनले धेरैपटक श्रीमानले नदेख्ने गरी आँसु भुइँमा समेत खसालिन् ।कोरोना संक्रमण देखिएसँगै शरीरमा अक्सिजनको मात्रा कम भएपछि मृत्यु नजिक हुने संक्रमितमल्ललाई थाहा थियो ।
‘आमाको किरिया सकिएलगत्तै एम्बुलेन्समा अस्पतालमा आएँ । अहिले त मलाई धेरै राम्रो भएको छ,’ मल्लले भने ।उनी अहिले कोरोना मुक्त भएका छन् ।उनले समयमै अस्पतालमा नआएको भए ज्यानै जाने अवस्थामा पुगेको बताए ।
शरीरमा एक्कासि अक्सिजनको मात्रा कम भएपछि घरमै बस्नु भनेको ज्यान गुमाउनुसरह रहेको मल्लको अनुभव छ । अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले चेकजाँचसँगै नियमित दिने हौसलाले ऊर्जा थपिएको बताए । ‘समयमै उपचार गर्दा कति फरक पार्दछ जिन्दगीमा भन्ने महसुस गरेको छु । सबैलाई समयमै अस्पतालमा आउन समेत अनुरोध गर्छु,’ मल्लले थपे ।
स्वास्थ्यमा सुधार आएपछि उनी घर फर्किन लागेका छन् । उनले अस्पतालमा आफ्नो उपचारमा कुनै कमी नभएको भन्दै उपचारमा संलग्न सबैलाई धन्यवाद समेत दिएका छन् । यता बेनी अस्पतालका चिकित्सकले समयमै उपचारका लागि अस्पतालमा आएका बिरामी निको भएर फर्किएको बताउँदै कोरोना संक्रमितको स्वास्थ्यमा कुनै समस्या देखिए तत्कालै अस्पतालमा आउने पर्ने बताए ।
अस्पतालमा संक्रमितलाई लक्ष्य गरी आइसोलेसन बेडसमेत तयारी अवस्थामा छ भने बिरामीलाई अक्सिजन समेत हालसम्म प्रयाप्त रहेकाले बिरामीलाई समयमै अस्पतालमा आउन समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->