पोखरा, ६ जेठ– हाम्रो परिर्वतन नेपालले पोखरा २५, हेमजामा निःशुल्क स्वाब संकलन अभियान चलाएको छ । कोरोना भाइरस घरघरमा फैलिएको अवस्थामा हाम्रो परिवर्तन नेपालले २ सय १० जनाको स्वाब संकलन गरेको हो । निःशुल्क पिसिआर सेवाअन्तर्गत पोखरा २५ मा रहेको गौरीशंकर माविमा १३६ र अम्बिका माविमा ७४ जनाको स्वाब संकलन गरेको हो ।
यसअघि संस्थाले आइतबार पोखरा २४ र १८ मासमेत १०६ जनाको निःशुल्क स्वाब परिक्षण गरेको संस्थाका अध्यक्ष डाक्टर ढाकाकुमार श्रेष्ठले जानकारी दिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा मानगरपालिकाको सहकार्यमा उक्त स्वास्थ्य परीक्षण कार्याक्रम गरिएको हो । संस्थाले आगामी शनिबार पोखराका विभिन्न ठाउँमा खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको सचिव हरि कार्कीले जानकारी दिए ।





