बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

कपिलवस्तमा गोली प्रहार माओवादी नेता पाण्डे सहित २ घाइते, ७ पक्राउ

कपिलवस्तमा गोली प्रहार माओवादी नेता पाण्डे सहित २ घाइते, ७ पक्राउ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०७८, बिहिबार

पोखरा,६ जेठ– कपिलवस्तु नगरपालिका ३ सडवा सडकमा गोली प्रहार हुदाँ २ जना घाइते भएका छन् । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । अपरिचित व्यक्तिले प्रहार गरेको गोलीबाट कपिलवस्तु १ निवासी ३४ वर्षीय नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य दिपक पाण्डे र भारत सिदार्थनगर ग्राम चेतरी बजारका २६ वर्षीय इयाज अख्तर मुसलमान घाइते भएका हुन ।
लु ९ प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैया खेलाबाट तौलिहवातर्फ आउँदै गरेका उनीहरुलाई अर्का मोटरसाइकलमा आएका ३ जनाले गोली प्रहार गरेका थिए । घटनास्थलबाट प्रहरीले १ थान खोका, १ राउण्ड लाइभ बुलेट र १ थान चप्पल बरामद गरेको छ । गोलीको कारण बारे खुल्न सकेको छैन । उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले कपिलवस्तु नगरपालिका १ नयाँ टोलका १९ वर्षका राजेश नाउसहित ७ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

(तस्वीर घाइते माओवादी केन्दका सदस्य दिपक पाण्डे)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->