सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

हामी नै ल्याउँछौ खोप : परिषद्

हामी नै ल्याउँछौ खोप : परिषद्


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ ७ २०७८, शुक्रबार
फाईल तस्विर

पोखरा, ७ जेठ– पोखरा पर्यटन परिषद्ले आफ्नै पहलमा मजदुरहरुलाई कोभिडविरुद्धको खोप जुटाउने घोषणा गरेको छ । परिषद्ले खोप आयातमा सहजीकरण र समन्वय गरिदिन सरकारसँग माग पनि गरेको छ ।
अध्यक्ष गोपीबहादुर भट्टराईद्धारा बिहीबार जारी विज्ञप्तिमा सरकारले खोप ल्याउन गरेको ढिलाइप्रति खेद व्यक्त पनि गरिएको छ ।
‘स्वास्थ्यजस्तो संवेदनशील विषयमा सरकार कसरी मौन बस्नसक्छ ?यसले हामीलाई निकै दुःख लागेको छ’, विज्ञप्तिमा भनिएको छ,‘नेतृत्व आफू खोप लगाएर सुरक्षित भएपछि जनताको स्वास्थ्यप्रति जिम्मेवार नबन्नु र खोप ल्याउनेतर्फ अग्रसरता नेदेखाउनुले आम नागरिकमा निराशा उत्पन्न भएको छ ।’ विज्ञप्तिमा पर्यटन क्षेत्र सुरक्षित भएमात्रै अर्थतन्त्र बलियो हुने जिकिर गर्दै त्यसको लागि पर्यटन व्यवसायी र कर्मचारीले खोप पाउनैपर्ने माग गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->