बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

धौलागिरि हिमालबाट ५ हजार किलो फोहोर संकलन

धौलागिरि हिमालबाट ५ हजार किलो फोहोर संकलन

अभियानमै माउन्टेन इक्युमेन्टसहितका २ वटा मानव अवशेष र ९ एनएसीआर लेखेको हेलिकप्टरको अवशेषसमेत फेला परेको थियो ।


  • हरिकृष्ण गौतम
  • जेष्ठ ९ २०७८, आइतबार
धौलागिरी हिमालबाट संकलन गरिएको फोहोर धवलागिरी गाउँपालिका–७ ताकममा हस्तान्तरण गरिदैं । तस्वीर सौजन्य : गोपाल आचार्य

बेनी, ९ जेठ – संसारको सातौं अग्लो धौलागिरि हिमालको आरोहणमा निस्किएका आरोहीले गरेको फोहोरको डंगुर नेपाली सेनाको एक टोलीले संकलन गरेको छ । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका ४ मा रहेको ८ हजार १६७ मिटर अग्लो हिमालको विभिन्न क्याम्पसका साथै पदैलमार्गका थुप्रिएको फोहोर नेपाली सेनाले सुरू गरेको ‘सफा हिमाल अभियान’ फोहोर संकलन गरिएको थियो ।
अभियान अन्तर्गत ५ हजार २० किलो फोहोर मध्ये सड्ने–कुहिने ३ सय किलो फोहोर गाउँपालिका र नकुहिने ४ हजार ७२० किलो रिसाइकल गरी व्यवस्थापन गर्ने अवनी भेन्चर्सलाई बुझाइएको नेपाली सेनाले जनाएको छ ।सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले हस्तान्तरण गरेका थिए ।
विश्वभरका पर्वतरोहीको आर्कषण मानिएको धौलागिरीमा फोहोरको थुप्रो ब्यवस्थापनमा समस्या भइरहेको अवस्थामा नेपाली सेनाको एक टोली हिमालतर्फ प्रस्थान गरेको थियो । हिमालबाट संकलन गरिएको फोहोर प्रभु हेलिकप्टरबाट धवलागिरी गापा–७ ताकममा ल्याएर गाउँपालिकालाई बुझाइएको स्थानीय यूवा गोपाल आचार्यले बताए । सफा हिमाल अभियान अन्तर्गत विभिन्न ६ वटा हिमालहरुको सफाई कार्यक्रम जेठ १० गतेसम्म रहेकोमा फोहोरको उपलब्धता तथा कार्य प्रगतिलाई मनन गरेर धौलागिरी तथा आमादब्लम हिमालको सफाई जेठ ३ गते सम्पन्न गरिएको नेपाली सेनाले जनाएको छ ।
फोहोर संकलन अभियानमै धौलागिरि बेसक्याम्पदेखि २ सय मिटर दक्षिणतर्फ माउन्टेन इक्युमेन्टसहितका २ वटा मानव अवशेष र सोही बेस क्याम्पबाट अन्दाजी १ किमी इटाली बेस क्यम्पतर्फ ९ एनएसीआर लेखेको हेलिकप्टरको अवशेषसमेत फेला परेको थियो । सन् २००६ मा दुर्घटना भएको एयर डाइनेस्टिको हिमालभित्र भेटिएका मृतकको पहिचान हुन नसकेको थिएन् । दुईवटा मानव कंकाल आवश्यक अनुसन्धान तथा कानूनी प्रकृयाका लागि ताकम प्रहरी चौकीमार्फत जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई बुझाइएको छ ।
यता आरोहणमा जाने पर्यटकलाई समेत फोहोर नगर्न र फोहोर संकलन गरी ल्याउनसमेत स्थानीयले अनुरोध गर्ने गरेपनि अक्सिजनका सिलिण्डर सहित आरोहण सकिएपछि आवश्यक पर्ने सामान समेत फर्किने बेलामा छोडेर आउने गरेको स्थानीय पर्यटन ब्यवसायीको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->