सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

नेविसंघले झुन्ड्यायो राष्ट्रपति र प्रधानमन्त्रीको उल्टो पुत्ला

नेविसंघले झुन्ड्यायो राष्ट्रपति र प्रधानमन्त्रीको उल्टो पुत्ला

सदन विघटनविरुद्ध नेविसंघको प्रदर्शन ।


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ १० २०७८, सोमबार

पोखरा, १० जेठ – कांग्रेस निकट नेपाल विद्यार्थी संघले पोखरामा सदन विघटनविरुद्ध प्रदर्शन गरेका छन् । राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला उल्टो झुन्ड्याउँदै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा राखेको राष्ट्रपति र प्रधानमन्त्रीको उल्टो पुत्ला प्रहरीले नियन्त्रणमा लिएको थियो । पुत्लादहन गर्ने योजना रहेपनि बीचमै प्रहरीले नियन्त्रणमा लिएको नेविसंघ नेता राजीव भण्डारीले बताए । ‘राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेर उल्टो बाटो हिँडेकाले हामीले पुत्ला उल्टो झुण्डाएका थियौं,’ नेविसंघ कास्कीका पूर्व सहसचिवसमेत रहेका भण्डारीले भने, ‘बेलुका जलाउने भनेको प्रहरीले खोसेर लग्यो ।’
नेविसंघ कास्की क्षेत्र नं. १ ले पोखराको तालचोक र आदर्शचोकमा पुत्लासहित प्रदर्शन गरेका थिए । सो अवसरमा बोल्दै नेविसंघ कास्की क्षेत्र नं. १ का सभापति सागर रानाभाटले वर्तमान सरकारले तानाशाही शासन लागु गर्न खोजेको भन्दै कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । नेविसंघ कास्कीका सहसचिव भण्डारीले प्रतिनिधि सभा विघटन फिर्ता गर्न माग गरे ।
शनिबार पनि नेविसंघले पोखरामा प्रतिनिधि सभा विघटनविरुद्ध मसाल जुलुस गरेका थिए । पोखरा न्युरोड क्षेत्रमा गरेको उक्त विरोध प्रदर्शनमासमेत प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->