सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

लोकतन्त्र खतरामा : कांग्रेस

लोकतन्त्र खतरामा : कांग्रेस


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ १० २०७८, सोमबार

पोखरा, १० जेठ– नेपाली कांग्रेस कास्कीले राष्ट्रपति र प्रधानमन्त्रीको बद्नियतपूर्ण मिलेमतोबाट लोकतन्त्र खतरामा परेको ठहर गरेको छ ।
कास्की कांग्रेसका सभापति कृष्ण केसीले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी तथा सर्वसत्तावादी कदम चालेकोप्रति निन्दा पनि गरेको छ ।विज्ञप्तिमा राष्ट्रपति र प्रधानमन्त्रीले पदको चरम दुरुपयोग गर्दै संविधान मास्न उद्यत भएको उल्लेख छ ।
विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको लागि सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आव्हान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->