पोखरा, १० जेठ – सदनमा विश्वासको मत लिनुपर्ने बाध्यतामा रहेका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अगुवाइमा सोमवार सर्वदलीय बैठक बसेको छ । प्रदेश नीति तथा यो्जना आयोगको सभाहलमा जारी बैठकमा कोभिड नियन्त्रणसँग सम्बन्धित छ । बैठकमा गण्डकी प्रदेशमा काेराेनाकाे अवस्था र नियन्त्रणका लागि भैरहेका प्रयासका बारेमा स्वास्थ्य मन्त्रालयका सचिवले प्रस्तुति दिएका छन् ।
यद्यपि, पानी बाराबारको अवस्थामा रहेका दलका नेताहरु एकैठाउँमा भेट हुँदा प्रदेशमा देखिएको राजनीतिक गतिरोधबारे पनि चर्चा चल्ने निश्चित छ । मुख्यमन्त्री गुरुङले केही दिनअघि ढोरपाटनसँग विशेष कुराकानी गर्दै आफु सर्वदलीय सरकार बनाउन तयार रहेको बताएका थिए । सोमबार बोलाइएको बैठक त्यही आशयले डाकिएको हो ।
बैठकमा मुख्यमन्त्री गुरुङसहित एमालेका सचेतक मायानाथ अधिकारी, नेपाली काग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्रका रामजी बराल, जनमोर्चाका कृष्ण थापालगायतको सहभागिता रहेको छ ।
संसदीय समितिका सभापतिहरु माेहनप्रसाद रेग्मी, दीपक काेइराला, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिष्म अधिकारी, याेजना तथा नीति आयाेगका उपाध्यक्ष गिरिधारी शर्मा, प्रमुख न्यायधिवक्ता राजेन्द्र घिमिरे लगायत उपस्थित रहेकाे मुख्यमन्त्रीका प्रेस संयाेजक बिक्रम न्याैपानेले जानकारी दिए ।





