पोखरा,११ जेठ– तनहुँ आबुखैरेनी गाउँपालिका ४ ऐनापहरामा रोकि राखेको मिनी ट्रकलाई ठक्कर दिदा २ जना गम्भीर घाइते भएका छन् । आबुखैरेनीबाट मुग्लीन तर्फ जाने क्रममा बिग्रिएर रोकी राखेको बा ३ ख ६१९७ नम्बरको मिनी ट्रकलाई सोही दिशातर्फ जादै गरेको ग १ ख ४७९५ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिदा मिनी ट्रकमा सवार गोर्खा लक्ष्मी बजारका ३२ वर्षीय बरुण केसी गम्भीर घाइते भएका हुन । उनलाई उपचारका लागि भरतपुर पठाएको प्रहरीले जानकारी दिएको छ । सोहि मिनी ट्रक चालक गोर्खा नगरपालिका ५ का ३५ वर्षीय दिपक बोहरा सामान्य घाइते भएका छन् ।





