पोखरा, ११ जेठ – कास्कीमा निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रशासनले ५ लाख जरिवाना तिराउने भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीको मंगलबार बसेको बैठकले निषेधाज्ञा उल्लंघन गर्नेलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारले जेठ ६ गते कोभिड संकट व्यवस्थापन अध्यादेश जारी गरेको थियो । निषेधाज्ञा अवधिमा अध्यादेश बमोजिम काम गर्न बाधा अवरोध पु¥याएमा ५ लाख रुपैयाँ र एक वर्षसम्म जरिवाना हुन सक्ने जिल्ला प्रशासन कार्यालय कास्कीको सूचनामा उल्लेख छ ।
त्यस्तै, अध्यादेशअनुसार मापदण्ड पालना नगरेमा ६ महिना कैद र ३ लाख रुपैयाँसम्म वा दुवै सजाय हुन सक्ने सूचनामा उल्लेख छ । आदेश उलंघन गरेमा व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरिवाना हुने जनाएको छ ।
संस्थाले निषेधाज्ञा उल्लंघन गरेमा ५ लाख सम्म जरिवाना हुने पनि प्रशासनको सूचनामा उल्लेख छ । साथै, मास्क नलगाई सार्वजनिक रुपमा हिँडड्ल गरे पटकै पिच्छे १ सय रुपैयाँ जरिवाना हुने जनाइएको छ ।
अनुमति बिना हिँड्ने २ पांग्रे सवारीलाई २ हजार र अन्य सवारी साधनमा ५ हजार रुपैयाँ जरिवाना हुने प्रशासनको सूचना छ । कास्कीमा बैशाख १५ देखि सुरु भएको लकडाउन जेठ १४ गतेसम्मका लागि लम्ब्याइएको छ ।





