सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

ढोरपाटनकर्मी नेपालीलाई प्रेस युनियन उत्कृष्ट सदस्य अवार्ड

ढोरपाटनकर्मी नेपालीलाई प्रेस युनियन उत्कृष्ट सदस्य अवार्ड


  • ढोरपाटन संबाददाता
  • जेष्ठ १२ २०७८, बुधबार

बागलुङ, १२ जेठ – ढोरपाटन दैनिकका पोखरा संवाददाता विजय नेपालीलाई नेपाल प्रेस युनियन कास्कीले उत्कृष्ट सदस्य अवार्ड दिने भएको छ । अवार्डको राशी ५ हजारसहित दोसल्ला र प्रशंसापत्र छ ।

नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रदान गरिने यो अवार्ड गत वर्षदेखि सुरु गरिएको हो । कार्यसमितिका सदस्यमध्ये संस्थागत गतिविधिमा सक्रिय सहभागिता जनाउनेलाई यो अवार्ड प्रदान गरिने अध्यक्ष नवीन सिग्देलले बताए । युनियनले आफ्नो स्थापना दिवश बिहीबार मनाउँदैछ ।

कार्यसमितिका सदस्यलाई प्रोत्साहन गर्न अवार्डको व्यवस्था गरिएको उनको भनाइ छ । हिमदुत दैनिकबाट पत्रकारिता शुरु गरेका पत्रकार नेपाली पोखराका क्रियाशील पत्रकार हुन । कार्यसमितिको दोस्रो बैठकले उत्कृष्ट सदस्य अवार्डका लागि कार्यमूल्यांकनका आधारमा सदस्य छनोटको अधिकार अध्यक्ष सिग्देललाई दिएको थियो ।

यसअघि सो अवार्ड कार्यसमिति सदस्य अनिषा श्रेष्ठलाई प्रदान गरिएको थियो । कोरोना महामारीका कारण अवार्ड हस्तान्तरण कार्यक्रम भने पछि उपयुक्त समयमा गरिने सचिव प्रदिप पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->