शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा मृत्यु संख्या ओरालो लागेपनि संक्रमण दर घटेन्

गण्डकीमा मृत्यु संख्या ओरालो लागेपनि संक्रमण दर घटेन्

कोभिडबाट गण्डकीमा थप ७ जनाको मृत्यु


  • ढोरपाटन संबाददाता
  • जेष्ठ १२ २०७८, बुधबार

पोखरा, १२ जेठ – गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ओरालो लागेको देखिए पनि संक्रमण दर भने घटेको छैन । स्वास्थ्य निर्देशनालय गण्डकीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुुसार संक्रमणबाट थप ७ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कास्कीका ४ जना, स्याङ्जाका २ जना र लमजुङका एकजना रहेका छन् । यो विगत १८ दिन यताको सबैभन्दा कम मृत्यु संख्या हो । कोभिडबाट गण्डकीमा हालसम्म ५७७ जनाको निधन भइसकेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७९ जनामा संक्रमण पुष्टि हुँदा ९४१ जना निको भएका छन् । सबैभन्दा बढी संक्रमण कास्कीमै देखिएको छ ।

गण्डकीको राजधानी कास्कीमा थप ३७० जनामा संक्रमण देखिँदा नवलपुरमा ११८,तनहूँमा १६६,गोरखामा ११८,स्याङ्जामा ५०,बागलुङमा ११, लमजुङमा३६, पर्वतमा६५, म्याग्दीमा ३६, मुस्ताङमा ८ र मनाङमा थप १ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कास्कीमा ६५४ ,नवलपुरमा २५६, तनहूँमा ३२६,गोरखामा ५०२,स्याङ्जामा १३६, बागलुङमा ६७, लमजुङमा ८३,पर्वतमा १०२,म्याग्दीमा ५१,मुस्ताङमा १९ र मनाङमा ६ जनाको पीसीआर तथा एण्टिजेन परीक्षण भएको थियो । गण्डकीमा १० हजार ७३९ जना संक्रमित छन् भने तीमध्ये १० हजार ३१२ जना घरमै रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->