शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरा महानगरले १० दिनमै बनायो सय बेडको कोभिड अस्पताल

पोखरा महानगरले १० दिनमै बनायो सय बेडको कोभिड अस्पताल

महानगरले उक्त अस्पताल लायन्स क्लबसँगको सहकार्यमा बनाएको हो ।


  • ढोरपाटन संबाददाता
  • जेष्ठ १४ २०७८, शुक्रबार

पोखरा, १५ जेठ – पोखरा महानगरले १० दिनको अवधिमा सय बेड क्षमताको कोभिड अस्पताल बनाएको छ । साविक लेखनाथ नगरपालिकाको भवनमा महानगरले कोभिड अस्पताल बनाएको हो ।

अस्पताल उद्घाटन गर्दै महानगर प्रमुख मानबहादुर जिसीले मंगलबारसम्ममा कोभिड बिरामीको उपचार सुरु हुने बताए । उनले सोमबारसम्ममा अक्सिजन पाइप लगायत अन्य उपकरण राख्ने र मंगलबारदेखि नै उपचार सुरु हुने जानकारी दिए ।

‘मंगलबारदेखि यहाँ पीसिआर र भिडियो एक्सरेसहितको हुने छ,’ उनले भने, ’२३ वटा अक्सिजनसहितको सिलिन्डरको व्यवस्था भइसकेको छ । नगारिकलाई हामी ढुक्क बनाउदै सेवा सञ्चालन गर्छौं ।’ महानगरले उक्त अस्पताल लायन्स क्लबसँगको सहकार्यमा बनाएको हो ।

विभिन्न स्वास्थ्य चौकीमा र सहरी स्वास्थ्य केन्द्र गरी महानगरमा विभिन्न ७ सयजना स्वास्थ्यकर्मी छन । तिनै स्वास्थ्यकर्मीलाई आलोपालो गरी तत्काललाई अस्पताल सञ्चालन गरिने मेयर जिसीले बताए ।

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले नागरिकको जीवन रक्षाका लागि महानगरले प्रयास गरिरहेको बताइन् । उनले भनिन्, ‘महानगर नागरिकको जीवन रक्षामा कटिबद्ध छ । अब बेड अभावमा कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्था रहँदैन ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->